Incident Reports

सशस्त्र प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

2020-06-12

Province 1, Sunsari, Dewanganj, Ward 3

देवानगञ्ज गाउँपालिका –३ का ३६ वर्षीय अरविन्दकुमार यादवले आफूलाई सशस्त्र प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

जेठ ३० गते भारतीय सीमा क्षेत्र नजिक रहेको आफ्नो खेतमा मकै लिन गएको समयमा सशस्त्र प्रहरीका जवान कृष्ण भुजेलले रकम माग्दै कुटपिट गरेको यादवले बताउनुभयो ।

आफ्नो खेतमा मकै लिन गएको समयमा आरोपितले नजराना माग गरेको र आफू नदिँदा कुटपिट भएको यादवले बताउनुभयो ।

सशस्त्र प्रहरीका जवानको कुटपिटबाट हात र गोडामा चोट लागेका यादवको जेठ ३० गते स्थानीय क्लिीनिकमा उपचार भएको छ ।

पीडित पक्षले ज्यानको सुरक्षा र कुटपिट घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै जेठ ३१ गते इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी दिएको छ ।

प्रहरीमा लिखित उजुरी आएपनि के–के विषयमा उजुरी आएको हो सो बारेमा नखुलाइएको इन्स्पेक्टर कृष्ण चौधरीले बताउनुभयो ।

सशस्त्र सीमा सुरक्षा बल देवानगञ्जका इन्स्पेक्टर पशुपति पुरीले आफ्ना जवानले कुटपिट गरेको पुष्टी गर्नुभयो । उहाँले जवानले हातपात गरेपनि नजराना मागेको विषयमा नभई अरविन्दकुमार यादवले सशस्त्र प्रहरीलाई अपशब्द प्रयोग गरेकोमा केरकार गरेको बताउनुभयो ।

स्थानीयले जेठ ३१ गते सीमा क्षेत्रमा पत्रकार सम्मेलन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीले सुरक्षा जाँचका नाममा रकम असुल्ने,अनेक बहानामा दुःख दिने गरेको आरोप लगाएका छन् ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments