Incident Reports

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

2020-06-12

Lumbini, Dang, Ghorahi, Ward 15

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष तथा घोराही उपमनपा–१५ का ४० वर्षीय सविन प्रियासनमाथि दुर्व्यवहार गरेको आरोपमा  घोराही उपमनपा–१५ का ३७ वर्षीय साजन भण्डारी विरूद्ध  पीडितपक्षले  जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएकाछन् ।

सोनापुर सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेका टिप्परलाई घोराही उपमनपा–१५ का स्थानीयले रोकेपछि समाचार सङ्कलन र सहजीकरणकालागि गएका प्रियासनलाई आरोपितले जेठ २९ गते गालीगलौज गर्नुको साथै  मोटरसाइकलको चाबी खोसेर  धम्की दिएको भन्दै उजुरी दिनुभएको हो । जिल्ला प्रहरी कार्यालयका  एसपी गणेश चन्दले आरोपित फरार रहेको र खोजी भइरहेको बताउनु भयो ।

घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भुपेन्द्र वलीले जेठ ३० गते विज्ञप्तिमार्फत घटनाका दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments