Incident Reports

एकनाले भरुवा बन्दुक बरामद

2020-06-15

Sudurpashchim, Darchula, Dunhu, Ward 1

 दार्चुला, ३२ जेठ २०७७

दुहुँ गाउँपालिका-१ सौतलीस्थित श्री दुर्गे भवानी सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।     उक्त वनमा भरुवा बन्दुक फेला परेको भन्ने जानकारी पाउना साथ प्रहरी चौकी हिकिला दार्चुलाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

उक्त ठाउँमा बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments