Incident Reports

जनप्रतिनिधिमाथि हातपात घटनाका आरोपित गिरफ्तार

2020-06-14

Province 1, Solukhumbu, Likhupike, Ward 4

लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई जेठ ३२ गते गिरफ्तार गरेको छ ।

जनप्रतिनिधिमाथि जेठ ३२ गते हातपात गरेको आरोपमा प्रहरीले लिखुपिके गाउँपालिका–४ का शुभराम बस्नेत,सरोज बस्नेत र टिकाजङ्ग खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो ।

जेठ ३२ गते गाउँपालिका अध्यक्षको कार्यकक्षमा नै नेपाली काँग्रेस निकट युवाले हातपात गरेको प्रत्यक्षदर्शी गाउँपालिका शिक्षा शाखा संयोजक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सरोज बस्नेतले आफूमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतले वडा –४ मा पर्ने सडक निर्माणका लागि गठित उपभोक्ता समितिको बिषयमा कुरा गर्न आएको टोलीले गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतलाई हातपात गरेको डिएसपी टेकुनन्द इवा लिम्बूले बताउनुभयो ।

सडक निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त पचास लाख बजेटको विषयमा कुरा उप्काउदै आरोपित व्यक्तिहरूले हातपात गरेको उपाध्यक्ष प्रमिला बस्नेतले बताउनुभयो ।

भोजराज कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments