Incident Reports

पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पोजेटिभ,गाउँलेद्वारा वडा कार्यालय घेराउ

2020-06-15

Lumbini, Dang, Ghorahi, Ward 17

पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका दाङ घोराहीका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र वडा नं. १७ कै प्रावि क्वाडीमा बसेका ४ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो।

तर उनीहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको वडा सदस्य तुलप्रसाद घिमिरेले सेतोपाटीलाई बताए।

चौघेरा क्वारेन्टिनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पिसिआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो। त्यसको दोस्रो दिन (जेठ २२ गते) ६ जना आरडिटी टेस्ट गरेर घर पठाइयो।

थप १६ जनाको स्वाब संकलन गर्दा एक हप्तासम्म पनि रिपोर्ट नआएपछि जेठ २८ गते घर पठाइयो। तिनैमध्येका १३ जनामा आइतबार रिपोर्ट पोजेटिभ आएको वडा सदस्य घिमिरेले बताए।

रिपोर्ट पोजेटिभ आएकाहरू जेठ ७, ८ र ९ गते छिमेकी देश भारतबाट आएकाहरू भएको वडा सदस्य घिमिरेले जानकारी दिए।

१३ जना संक्रमितमध्ये १२ पुरूष र एक जना महिला रहेको घिमिरेले जानकारी दिए।

त्यसैगरी वडा नं. १७ कै प्रावि क्वाडीबाट घर पठाइएका थप ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको घिमिरेले बताए।

‘म रातभरि संक्रमण पुष्टि भएकाहरूलाई खोज्दै घोराही १० स्थित अम्राईको आइसोलेसनमा पठाउने काममा खटिएको हुँ,’ घिमिरले भने, ‘प्रावि क्वाडीका संक्रमितलाई भने सोमबार बिहानमात्रै आइसोलेनमा पठाइएको छ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार नै घर पठाइएका १७ जनामा संक्रमण पुष्टि भए पनि सार्वजनिक गरिएको छैन।

तर वडा कार्यालयलाई संक्रमितको व्यवस्थापनको लागि आइतबार नै जानकारी दिइएको हुँदा आफूहरूले रातभर काम गरेर उनीहरूलाई आइसोलेसनमा पठाएको वडा सदस्य घिमिरेले बताए।

‘बाहिर त कुरा आएको छैन,तर हामीलाई भने आइतबार बेलुका नै जानकारी आएपछि हामीले उनीहरूलाई खोज्दै अस्पताल पठाएका हौं,’ घिमिरेले भने।

वडाध्यक्ष खुशीराम चौधरीले कसैसँग समन्वय नै नगरी एकल निर्णयका आधारमा उनीहरूलाई घर पठाउँदा हाल आएर समस्या भएको घिमिरेले जानकारी दिए।

वडाध्यक्ष चौधरीलाई बुझ्न खोज्दा आफू अहिले मिटिङमा भएको जानकारी गराए। आफूले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार रिपोर्ट नआउँदै उनीहरूलाई वडाध्यक्षले घर पठाएको स्थानीय शिशिर आचार्यले सेतोपाटीलाई बताए।

स्वास्थ्य मन्त्रालयको निर्देशिकामा १० दिनभन्दा बढी समय क्वारेन्टिनमा बसेका र कुनै पनि लक्षण नदेखिएकाहरूलाई पिसिआर चेकजाँच नै नगरी घर पठाउन सकिने उल्लेख छ।

यसैबीच सोमबार घोराही १७ चौघेराका सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका छन्। रिपोर्ट नआउँदै क्वारेन्टिनबाट मानिसहरू घर पठाएको भन्दै वडाध्यक्ष चौधरीलाई स्थानीयले वडा कार्यालय घेराउ गरेको स्थानीय शिशिर आचार्यले बताए।

‘बिहानै गाउँका ६०/७० जना मानिसहरू भेला भएर वडाध्यक्षको कदमको चर्को विरोध भयो,’ आचार्यले भने, ‘ त्यसपछि वडाध्यक्षले रिपोर्ट नआउँदै घर पठाउनु गल्ती भयो भन्दै माफी माग्नु भयो।’

अहिले भने वडा कार्यालयमा छलफल भइरहेको वडा सदस्य घिमिरे जानकारी दिए।

आचार्यका अनुसार संक्रमण फेला परेकामध्ये बगद्र्री गाउँका ५ जनाले आइतबार मात्रै गाउँमा खसी काटेर खाएका थिए। त्यसमध्ये केही भने क्वारेन्टिनबाट गएपछि गाउँमा मदिरा खाएर हिँड्ने गरेको आफूहरूले देखेको बताए।

‘समुदायमा कोरोना संक्रमण भएको आशंका व्याप्त भएपछि गाउँका मानिसहरू त्रसित छन्,’ आचार्यले भने ‘यो गम्भीर त्रुटि गर्ने वडाध्यक्षमाथि कारबाही हुनुपर्छ।’

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments