Incident Reports

गौ ह’त्याको दोषीलाई कडा कारवाहीको माग गर्दै विराटनगरमा विरोध प्रर्दशन

2020-06-14

Province 1, Morang, Biratnagar, Ward 17

विराटनगर, ३२ जेठ । नेपालको राष्ट्रिय जनवार गाईको ह’त्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन गरिएको छ ।

विराटनगर महानगरपालीका वडा न-१७ का स्थानीयवासीले गौ–ह’त्याका दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले गत जेठ २२ गते विराटनगर-१७ स्थित प्रतिक टोलमा गाई काटेर भैसीको मासु भन्दै बेचेको आरोपमा नियन्त्रणमा परेका २८ बर्षीय सोहिल मियाँलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

राजनीतिका संरक्षणको आडमा मियाँलाई कानूनी कारबाहीबाट बचाउन खोजिएको भन्दै स्थानीयले विरोद्य प्रर्दशन गरेका हुन । उनीहरुले गौ ह’त्या बन्द गर, गाई हाम्रो राष्ट्रिय जनावर हो र दोषीलाई कारबाही गर लगायतका नारा घन्काउँदै हिन्दू धर्मको संरक्षण गर्न गौ–हत्या बन्द गरेर दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन ।

रानी भन्सारबाट निकालिएको ¥यालीले दक्षिणी भेगका विभिन्न क्षेत्रको नगर परिक्रमा पछि पुनः स्कुल अगाडि पुगेर टुङ्याएका थिए ।

अहिले मुलुकका विभिन्न स्थानमा गाई गोरु काट्ने प्रवृति बढ्दै गएका कारण जो दोषीहरु पक्राउ परेका छन् । उनीहरुलाई कुनै पनि राजनीतिक संरक्षण नगरी कारबाही गर्नुपर्ने विराटनगर १७ का स्थानीय भानु अधिकारीले बताए ।

गत जेठ २२ गते झण्डै १० किलो मासु, मासु काटन प्रयोग गरिएको अचानो, दाउ, चुलेसी र बेच्न प्रयोग गरिएको तराजु सहित पक्राउ परेका मियाँलाई भने प्रहरीले पशुपंक्षी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

बरामद मासु ल्याब परीक्षणका लागि काठमाण्डौ पठाईए पनि घुस दिएर ल्याब परीक्षणको रिपोर्ट समेत परिवर्तन गर्न खोजिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

यसैबीच गौ हत्याको आरोप लागेका व्यक्तिलाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति मोरङले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा समेत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments