2020-06-14
सिरहा । रुकुम लगायत देशका विभिन्न ठाउँमा भएको दलितहरुको हत्यारालाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन भएको छ । रुकममा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सामूहिक हत्या र धनुषामा प्रहरी हिरासतमै भएको शम्भु सदाका हत्यारालाई कार्वाही माँग गर्दै दलित संघर्ष समिति सिरहाले गोलबजारमा आज अपरान्ह विरोध प्रर्दशन भएको हो ।
प्रदर्शनपछि भएको कोणसभामा दलित अगुवा दिल्ले मिझारले लकडाउनकै अवधिमा दलितहरुमाथि देशभरी श्रृङ्खलावद्ध हत्याभएको घटनामा सरकार उदासीन भएको भन्दै सरकारले हत्यामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरे ।
उनले नवराज विकसहित ६ जना, धनुषाका शम्भु सदा र देशका अन्य ठाउँमा गरी यो अवधिमा ८ जना दलितहरुको हत्या भएको बताए । हत्या भएका सवैलाई शहिद घोषणाको माग गरे । सोही क्रममा डा. दिलिम कुमार सदायले दलिहरुमाथि दिनानु दिन बढिरहेको घटनाले दलितहरुलाई आक्रोशित बनाएको बताए । हत्यामा संलग्न भएकाहरुलाई तुरुन्त कार्वाही नगरे दलितहरु चुप लागेर बस्न नसक्ने सदाले बताए ।
उनले भने, ‘हत्या भईरहने र दलितहरु अव चुप चाप टुलु टुलुहेरेर बस्न सक्दैनौं, हामी कडा आन्दोलनमा उत्रन बाध्यय हुनेछौं ।’ दलित अगुवा उमेश बरालको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गत जेष्ठ १० गते रुकुममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । त्यसैगरी, ४ दिन अघि धनुषाको सवैलामा शम्भु सदा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | 60 |
Actor 1 - Affiliations | Dalit Organizations |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD