Incident Reports

रुकुम घटनाप्रति न्याय माग्दै नेपालगन्जमा पनि प्रदर्शन

2020-06-14

Lumbini, Banke, Nepalgunj

जेठ ३२, २०७७ बाँके : रुकुम घटनामा संलग्नलाई कानुनबमोजिम कारवाहीको माग गर्दै आइतबार नेपालगन्जमा प्रदर्शन भएको छ। दलितसँग सम्बन्धित विभिन्न संघसंस्था र अगुवाको सहभागिता रहेको प्रदर्शनमा सहभागीले रुकुम घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरे। दोषीलाई पक्राउ गरिए पनि मुद्दा दायर गर्न ढिलाई भएको बताउँदै उनीहरुले दोषीलाई कानुनबमोजिम कारवाही र निर्दोषलाई निशर्त रिहाईको माग गरे। बिपी चोकबाट सुरु भएको प्रदर्शन गणेशमान चोक, चारवाहिनी, भेरी अस्पताल, जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चोक हुँदै पुनः बिपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोणसभामा नेकपाका नेता एवम् संविधानसभा सदस्य दलबहादुर सुनारले रुकुममा भएको घटना अमानवीय भएको बताउँदै जातीयताको आधारमा गरिने विभेदले दलित समुदायलाई थिचेको बताए।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments