Incident Reports

सोती घटना : पोस्टमार्टम रिपोर्ट गलत दिएको भन्दै प्रदर्शन

2020-06-15

चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा मृत्यु हुने ६ जनाको पोस्टमार्टम रिपोर्ट गलत दिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । पीडित पक्षले सोमबार स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा डाक्टरविरुद्ध नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन् । रिपोर्टमा पानीमा डुबेर मरेको, गणेश बुढाको शरीरबाट गन्ध आएको, नवराज विकको केही नलेखेको पीडित पक्षको दाबी छ ।

मृत्यु हुने ६ जनाको शरीरभरि ठाउँठाउँमा चोट लागेको देख्दादेख्दै उल्टो रिपोर्ट दिने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै पीडित पक्ष र आफन्तले नाराबाजी गरेका थिए । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा सातजना घाइते भएका छन् ।

सांसद देवेन्द्र पौडेलको नेतृत्वमा आएको सांसदीय समितिले मंगलबारदेखि सोती घटनाको विषयमा छानबिन थाल्ने भएको छ । सोमबार जाजरकोट सदरमुकाम आइपुगेको टोलीले सबैलाई भेट्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Health sector/health workers, doctors
Actor 2 - Youth na
Total Injured 9
Female Injured 1
National/Online Media

0 Comments