2020-06-15
Sudurpashchim, Kailali, Lamkichuha
धनगढी-कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमा बसेकी महिलालाई सामूहिक बलात्कार गरेको बिषयलाई दिएर दोहोरो आन्दोलन शुरु भएको छ।
एकातिर बलात्कारीलाई कार्वाहीको माग गर्दै स्थानीयले प्रदर्शनसहित सडक अबरुद्ध पारेका छन् भने अर्कोतिर आइतबार दिउसो आन्दोलनकारीले जनप्रतिनिधिलाई गालिगलौजसहित वडा कार्यालय तोडफोड गरेको भन्दै वडा कार्यालय बन्द गरिएको छ।
लम्कीचुहा नगरपालिका–१ को क्वारेन्टिनमा बसेकी एक महिलालाई शनिबार तीन जनाले सामुहिक बलात्कार गरेको बाहिर आएको थियो। आइतबार दिउसो स्थानीयको दबाबपछि प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ ।
आज स्थानीयले पक्राउ परेकाहरुलाई कडा कार्वाहीको माग सहित पूर्वपश्चिम राजमार्गको लम्की क्षेत्र अवरुद्द पारेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले राजमार्ग अवरुद्ध भएको बताउँदै खोल्ने प्रयास भइरहेको बताए।
नगरपालिकाको वडा नम्वर १ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षीय महिलामाथि शनिवार राति बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। आइतबार पक्राउ परेका तीन जनालाई अदालतबाट म्याद थप गरी छानविन भइरहेको प्रहरीले जनाएको छ ।
करणी गरेको अभियोगमा पीडित महिलाले किटानी जाहेरी दर्ता गरेपछि लम्की चुहा १ का १७ बर्षे सर्जन विक, २० वर्षे लक्ष्मण परियार र २२ वर्षे किशोर परियार पक्राउ परेका छन्। उनीहरु एक स्वास्थ्यकर्मी र दुई जना क्वारेन्टिनमा खटिएका सहयोगी रहेको पाइएको छ।
यता लम्कीचुहा नगरपालिका वडा नम्बर १ वडा कार्यालयले सोमबार एक बिज्ञप्ति जारी गरी अनिश्चितकालका लागि कार्यालयबाट दिईने सेवा बन्द गरेको जानकारी गराएको छ।
वडाअध्यक्ष जनकबहादुर बमले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही नगरे सम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जानकारी गराएका छन्।
विज्ञप्तिमा उनले वडाका जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग समेत गरेका छन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | 100 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD