Incident Reports

नेपाली सुरक्षाकर्मीमाथि भारतीय तस्करद्वारा आक्रमण प्रयास

2020-06-15

Province 1, Jhapa, Jhapa, Ward 1

काँकडभिट्टा — भारतीय तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको छ । सोमबार राति भारतीय तस्करको समूहले आक्रमण झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिए । एसपी थक्सुका अनुसार लसुने नाकाबाट पछिल्लो समय तस्करी मौलाएको छ । 

सोमबार मध्यराति भारतीय तस्करले अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोजेका थिए । कतिपय सामान सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिराइसकिएको थियो । ‘अवैध सामान बरामद गर्ने क्रममा भारतीय तस्कर समूहले हाम्रा सुरक्षाकर्मीलाई लछारेका हुन्’, एसपी थक्सुले भने, ‘सामान्य वादविवाद भयो, ठूलो घटना हुन पाएन ।’ थक्सुले यो नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ । ‘लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन्’, एसपीले भने,‘झापाका दक्षिणी नाकाबाट तस्करी मौलाउँदै गएको छ ।’ सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिक र तस्करको समूहबाट श्रृंखलाबद्ध आक्रमण हुँदै आएको छ । 

थक्सुले यो नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ । ‘लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन्’, एसपीले भने,‘झापाका दक्षिणी नाकाबाट तस्करी मौलाउँदै गएको छ ।’ सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिक र तस्करको समूहबाट श्रृंखलाबद्ध आक्रमण हुँदै आएको छ । 

सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिक र तस्करको समूहबाट श्रृंखलाबद्ध आक्रमण हुँदै आएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation APF
Actor 2 - Youth unknown
National/Online Media

0 Comments