Incident Reports

छायाँनाथ रारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमण, कार्यालय तोडफोड

2020-06-12

Karnali, Mugu, Chhayanath Rara

गत जेठ ३० मा नेकपा समर्थक नेता तथा कार्यकर्ताले सूचना माग गर्दै नगरपालिका आएका र प्रमुख प्रशासकीय अधिकृतले कानुन बमोजिम दस्तुर तिरेर सूचना लिन आउनु भनेपछि आक्रमक गर्नुका साथै कार्यालय तोडफोड गरेका थिए। चन्द्र्रप्रकाश मल्लको नेतृत्वमा आएको १६ जनाको टोलीले नगरपालिकाको भौतिक संरचनामा तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई दुर्व्यवाहार समेत गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ।घटना भएको चार दिन बितिसक्दा पनि प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले राजनैतिक दवाबका कारण मुद्दा दर्ता गर्न मानेका छैनन् भने दोषीलाई प्रक्राउ गर्न पनि प्रहरी प्रशासनले उत्सुकता नदेखाएको पीडितको गुनासो छ।

स्थानीय तह कर्मचारी संघका जिल्ला संयोजक उपरबहादुर मल्लका अनुसार सामान्य झंै झगडाको सवालमा मुद्दा दर्ता गराउने प्रहरी प्रशासन कार्यालय तोडफोड हुँदा र कार्यालय प्रमुखलाई कुटपिट गर्ने प्रयास हुदाँसम्म पनि राजनैतिक दवाबका कारण जाहेरी दर्ता नगरेको बताउँछन्। यसै बीच प्रमुख जिल्ला अधिकारी निरौलाले मुद्दा दर्ता गर्ने समय सात दिनसम्म हुने र जाहेरी प्रत्रृmयामा रहेको र थप अनुसन्धान भैरहेको बताए। नगरपालिकाले घटना भएको दिनको सिसि क्यामारामा कैद भएका फुटेज र प्रमुख प्रशासकीय अधिकृतको जाहेरी प्रहरी प्रशासनलाई बुझाइसकेको बताएको छ।सेवाग्राहीलाई समस्याकर्मचारी आन्दोलनमा उत्रिएपछि सेवाग्राही मर्कामा परेका छन्। कार्यालयका सम्पूणं कामकाज ठप्प छ। आर्थिक बर्षको अन्तिम महिनामा नगरपालिकामा कामकाज बन्द हुँदा ससर्त अनुदान, प्रदेश र संघीय सरकारबाट सञ्चालित कार्यक्रम तथा योजनाहरुको भुक्तानी लगायत कार्य अवरुद्घ भएको छ। 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 16
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
National/Online Media

0 Comments