Incident Reports

महामारी नियन्त्रण गर्न सरकारले लापरवाही गरेको भन्दै कन्चनपुरमा प्रदर्शन

2020-06-17

कन्चनपुर । महामारीको बेला पनि सरकार संवेदनसिल नभएको भन्दै कञ्चनपुरका युवाले प्रदर्शन गरेका छन् । 

बुधबार बिहान महेन्द्रनगरको मदनचोकमा स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले सरकारले महामारीका बेला देखाएको लापरवाही विरुद्ध खबरदारी गरेका हुन् । 

उनीहरुले दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

जनताको स्वास्थ्य र जीवनसँग खेलवाड गर्दै विपद्का बेला नेताहरुकै पारिश्रमिक बढाउनु दुःखद् भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । 

प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका युवाहरुले क्वारेन्टिनमा महिला बलात्कृत हुनु, कोरोनाबाट मर्नेको संख्यामध्ये अधिकांशको क्वारेन्टिनमा बस्नेहरु हुनुु र मरेपछि मात्रै पिसिआर परीक्षण गरिनु दुर्भाग्य भएको भन्दै सरकारलाई बेलैमा जवाफदेही हुन ध्यानाकर्षण समेत गराएका छन् । 

युवाहरुले पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनु समेत माग गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments