Incident Reports

युवाहरुको प्रदर्शनमा अब काठमाडौंको भित्री सडक कालोपत्रे गरिनु पर्ने माग पनि थपियो

2020-06-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, ७ असार । सरकारको कार्यशैलीको विरोध गर्दै आएका युवाहरुले आइतबार पनि काठमाडौंको नारायणगोपाल चोकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा निरन्तर लगाइदै आएको पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने, आरडीटी परीक्षण खारेज गरिनु पर्ने, क्वारेन्टाइन व्यवस्थित गरिनु पर्ने नाराकाबीच आइतबारको प्रदर्शनमा काठमाडौंको भित्री सडकहरुमा पनि कालोपत्रे गरिनु पर्ने माग पनि थपिएको थियो । यस्तै भारतीय दलाललाई देश निकाला गर्नु पर्ने माग पनि प्रदर्शनमा उठाइएका थिए ।


शनिबार बेसार दलेर काठमाडौंको शहीद गेटमा प्रदर्शन गरेका युवाहरुको समूहले नै आइतबार पनि नारायणगोपाल चोकमा प्रदर्शन गरेको हो । शान्तिपूर्ण प्रदर्शन गर्दै आएका उनीहरुले सरकारले कार्यशैलीमा सुधार नल्याएसम्म जारी राख्ने पनि बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments