Incident Reports

हतियार सहित पक्राउ

2020-06-22

Gandaki, Syangja, Waling, Ward 5

स्याङ्जा, २०७७ असार ८ गते वालिङ नगरपालिका-५ मझकोट बस्ने ३४ वर्षीय जोग बहादुर चुहानलाई एकनाले भरुवा बन्दुक १ थान, बारुद भर्न प्रयोग हुने फलामको रड, बारुद, केप र छर्राहरु सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चुहानको घरमा हातहतियार लुकाइ छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले घरमा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments