Incident Reports

राजु सदा मृत्यु प्रकरण : प्रदेश २ का सामाजिक विकासमन्त्रीकाे पुत्ला दहन गर्दै राजीनामा माग

2020-06-25

Madhes, Dhanusha, Hansapur, Ward 7

जनकपुरधाम, १२ असार ।  नेपाल तरुण दल तथा नेविसंघ धनुषाले जनकपुरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको पुत्ला दहन गरेको छ ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–७ स्थित नौवाखोर प्रसाहीका १६ बर्षिय युवक राजु सदाको प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै राजु सदालाई न्याय र क्षतिपुर्ति दिनुपर्ने माग गर्दै तरुण दल र नेविसंघका कार्यकर्ताहरुले जनकपुरको शिवचोकमा सामाजिक विकासमन्त्री नवल किशोर साहकाे राजीनामा माग गरेका छन् । मन्त्री साह मुर्दावाद लगायतका नारा लगाउँदै उनको पुत्ला दहन गरिएकाे हाे ।

नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहको नेतृत्वमा आयोजित पुत्ला दहन कार्यक्रममा तरुण दल धनुषाका जिल्ला सदस्य अखिल मढी, राहुल मिश्रा, रमेश कुमार यादव, डा.राजु साह, डा. विजय साह, राजेश साह, सुमन्त कर्ण, बलराम गुप्ता, बलराम साह, भरत साह, नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष नवीन झा, सुमन ठाकुर, सुजित यादव, मनिष यादवलगायतकाहरुको सहभागिता रहेको थियो ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–७ प्रसाहीका १६ वर्षीय राजु सदाको क्वारेन्टाइनमा आरडिटी चेकजाँचबाट पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २८ गते प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको थियो । उनलाई झाडापखाला समेत रहेकोले रोगव्याधीले उनी निकै सिकिस्त भएका थिए । पछि उनलाई उपचारका लागि अस्पतालको इमरजेन्सी कक्षमा ल्याइयो । पीसीआर टेस्ट गरिए पनि रिपाेर्ट आउनमा ढिलो भएपछि चिकित्सकले उनी अस्पतालमा छटपटाइरहँदा समेत कोरोनाको आशंकामा उपचारै गरेनन् । र, उनी अस्पतालमै छटपटाएर असार ९ गते बिहान प्राण त्यागे गरेका मृतकका परिवारले बताएका छन् । 

एता घटनाको विषयमा प्रादेशिक अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु हुनुको कारण स्पस्ट गरेको छ भने प्रदेश सरकारले मृत्युबारे सत्य-तथ्य बुझ्न प्रदेश उच्चस्तरीय कमिटी गठन गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments