2020-06-26
१२ असार, जनकपुरधाम । जनकपुरधामबाट एक जना १७ वर्षीय किशोर कटुवा पेस्तोलसहित बिहीबार पक्राउ परेका छन् ।
जनकपुरधाम १९ स्थित बाउन्न बिगाहाबाट धनुषाको जनक नन्दनी गाउँपालिका-१ घर भई जनकपुरधाम उपमहानगरपालिका-१ बस्दै आएका १७ वर्षीय श्याम सहनीलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD