2020-06-24
खनियावास गाउँपालिकाको गाउँसभामा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको समूहले प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङलाई ०७७ असार १० गते दुरव्यवहार गरेका छन् ।
कर्मचारी भर्नाको विषयमा गाउँपालिका अध्यक्षल र कर्मचारी विच विवाद भएको थियो । गाउँपालिका अध्यषले नेपाल शिक्षक संघका खनियाबासका अध्यक्ष धनबहादुर तामाङ छोरालाई कर्मचारीको रुपमा राख्नु पर्ने बताएका थिए भने प्रमुख प्रशासकिय अधिकृतले प्रस्पिर्दामा आउन दिनुपर्नेमा जोड दिँदै आएका थिए । गाउँपालिका अध्यक्ष तामाङले आफूले भने अनुसार कर्मचारी भर्ना गर्न नपाएको र आफूखुसी गाउँपालिकाको बजेट खर्च गर्न नपाएपछि कर्मचारीमाथी गाउँसभाको दिनमै दुरव्यवहारमा उत्रिएको नेकपा खनियाबासमा अध्यक्ष प्रदिप फ्यूवाले बताउनुभएको छ ।
गाउँसभामा आफूमाथी त्यसकिसिमको व्यवहार भएपनि आफूले नराम्रो नभनेको र स्थानीय सरकारले आफूले आधिकार प्रयोग गरेको प्रमुख प्रशासकिय अधिकृत गुरुङको भनाइ छ । आफूले नियम विपरित काम गर्न रोकेका कारण आफूलाई गाउँपालिका अध्यक्ष र कार्यपालिकाले मनोमानी गर्न नपाएका कारण काम रोकेको गुरुङले टेलिफोनबाट बताउनुभयो ।
गाउँसभामा कर्मचारी भएर गाउँपालिका अध्यक्षमाथी मुखमुखै लागेको र गाउँसभालाई अपमान गरेको भन्दै गाउँकार्यपालिका बैठकले प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारीबाट हटाएको पैस विज्ञप्ती प्रकाशन गरेको छ । यस संगै जनता समाजबादी पार्टी र नेकपा खनियाबासले प्रेस विज्ञप्ती प्रकाशन गरि गाउँपलिका प्रमुख प्रशासकिय अधिकृतमाथी भएको घटनाको भत्र्सना गर्दै शुशासनको अनुभूति हुनेगरि काममा फर्कने वातावरण बनाउन माग गरेको छ ।
घटनाको सम्बन्धमा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतले जनप्रतिनिधिसंग काम गर्न नसक्ने भएकोले जिम्मेवारीबाट हटाएको बताउनुभएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Unclear |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD