Incident Reports

'होम क्वारेन्टाइन स्वीकार्य छैन, क्वारेन्टाइनको व्यवस्था गर स्थानीय सरकार' भन्दै प्रदर्शन

2020-06-28

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ — बाहिरबाट आएका व्यक्तिका लागि क्वारेन्टाइन स्थापना गर्न भन्दै कीर्तिपुरका स्थानीयले प्रदर्शन गरेका छन् । सरकारले होम क्वारेन्टाइन बस्नुपर्ने भनेपछि स्थानीयहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् । 

कीर्तिपुरका स्थानीयले पाँगा दोबाटोमा होम क्वारेन्टाइन स्वीकार्य नभएकाले स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्नुपर्ने माग गरेका हुन् । गृह मन्त्रालयले होम क्वारेन्टाइन बस्न दिने भन्ने निर्णय गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले दूरी कायम गरेर विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएका थिए । 'नागरिक खबरदारी प्रदर्शन' कार्यक्रम रहेको सहभागीले बताएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments