Incident Reports

समाज रुकुम घटना : दोषीलाई कारबाही माग गर्दै राजधानीमा विरोध

2020-06-29

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- रुकुमको सोती घटनाका दोषीलाई कारबाहीका लागि दबाब दिन विभिन्न पार्टीमा आवद्ध दलित अभियानकर्मीले विरोध प्रदर्शन गरेका छन्। माइतीघरबाट सुरु भएको विरोध पदर्शन नयाँ बाँनेश्वरमा पुगी अन्त्य भएको थियो। 

रुकुम पश्चिममा गैरदलित गाउँलेले जाजरकोटाका दलित युवाका साथमा गएका ६ जनाको हत्या गरेका थिए। जाजरकोटका युवा नवराज विक आफ्नी प्रेमिका भगाउन गएका बेला गाउँलेले खेदाएर हत्या गरेको आरोप लागेको छ। 

जेठ १० मा भएको सो घटनामा संलग्न भएको भन्दै ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। रुकुम जिल्ला अदालतले घटना संलग्न भएको भन्दै २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ५ जना प्रतिवादी अझसम्म फरार छन्। 

 



 






 



 


 



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments