Incident Reports

खोकनामा प्रहरीले खेत खनजोत गर्न रोकेपछि विवाद, किसानद्वारा नाराबाजी

2020-06-29

Bagmati, Lalitpur, Lalitpur

ललितपुरको खोकनामा खेत खनजोतका लागि गएका किसान र प्रहरीबीच विवाद भएको छ।

सोमबार दिउँसो खोकनाका किसान खनजोतका लागि खेतमा गएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। सुडोल फाँटमा किसानले खनजोत गर्न थालेपछि प्रहरीले रोके। त्यसपछि विवाद भएको हो।

काठमाडौं-निजगढ फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले खनजोत गरेको भन्दै प्रहरीले रोकेको हो। तर स्थानीय किसानले भने आफ्नो खेत खनजोत गर्न पाउनुपर्ने बताएका छन्।

यहाँको जमिन सरकारले फाष्ट ट्रयाक बनाउन अधिग्रहण गरेको बताए पनि किसानहरूले भने पैसा नपाएको दाबी गरेका छन्।

सरकारबाट मुआब्जा नलिएकोले आफ्नो खेत खनजोत गर्न पाउनुपर्ने खोकनाका किसानको माग छ।

स्थानीय किसानले खेत खनजोत गरी आज रोपाइँ गर्दैछन्। 

खेतमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले किसानलाई रोकेका हुन्। किसानहरूले आफूहरूलाई सुकुम्बासी बनाउन खोजेको भन्दै विरोध गरेका हुन्।

उनीहरूले सरकार र प्रहरीविरूद्ध नाराबाजी पनि गरेका छन्।


भिडिओ - कृष्ण मानन्धरको फेसबुकबाट।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of private land
Secondary Cause Access/control of public land
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments