Incident Reports

सडकमा धान रोपेर ठेकदारको विरोध

2020-06-29

Bagmati, Nuwakot, Kakani, Ward 2

धान दिवसको अवसरमा नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा स्थित सडकमा धान रोपेर ठेकेदारको विरोध गरेका छन् । 'यसपालीको असार १५ गतेको रोपाई, सडकमा जोताई' भन्ने नारा सहित स्थानीयहरु हातमा कालो भन्डा, ब्यानर, कोदाली र धानको विऊ लिएर सडकमा उत्रिएका थिए । 'पासाङ ल्हामु राजमार्ग सङ्घर्ष कालोपत्रे दवाव अभियान' अन्तर्गत रहेर स्थानीय संघर्ष समितिले चरणवद्ध रुपमा निर्माण कम्पनीको विरोध गर्दै आइरहेको छ ।  

सोही अनुरुप सोमबार सडकमा रोपाइ गरिएको संघर्ष समितिका संयोजक आदित्य श्रेष्ठले बताए ।  कालोपत्रे गराइदे हाम्रो बाटो बनाइदे, शैलुङ कन्स्ट्रक्सन मुर्दावाद, कोसी न्यौपाने कन्स्ट्रक्सन मुर्दावाद, शारदाको पाराले दुख पाए साराले, ठेकदारको लाइसेन्स खारेज गर, धितो जति जफत गर जस्ता वाक्यांशहरु लेखिएको प्लेकार्डसहित स्थानीयहरु रोपाइमा सहभागी भएका थिए ।   

'राजधानीको नजिक र पर्यटकीय हिसावले महत्व बोकेको स्थल हो ककनी । तर सडकको दुरावस्थाको कारण यहाँको स्थानीयलाई राजधानी छिर्नै घन्टौँ लाग्छ । काठमाडौँ त्रिशुली चल्ने सवारी साधन त ठप्प नै छ भन्दा फरक पर्दैन ।  बाटोकै कारण यहाँको अर्थतन्त्र खस्किदो अवस्थामा छ,' संघर्ष समितिका संयोजक श्रेष्ठले भने, 'सडक निर्माण कम्पनीको कारण काठमाडौँ– ककनी– त्रिशुली सडक खण्ड (पासाङ ल्हामु राजमार्ग) को स्थिति नाजुक बन्दै गइरहेको छ । निर्माण कम्पनी सम्म यस सडकको स्तरउन्नतीमा ध्यान जावस् भन्नको लागि बारम्बार दवाव दिइरहेका छौँ । तर काम हुन सकेको छैन । विशेष गरी हामी युवावर्ग मिलेर आवाज उठाइरहेका छौँ । स्थानीय तहदेखि सबै वर्गको साथ छ हामीलाई ।' 

त्रिशुली जलविद्युत आयोजना निर्माण गर्नलाई आवस्यक निर्माण सामाग्री ल्याउन विसं २०१७ मा पासाङ ल्हामु राजमार्ग निर्माण गरिएको थियो । रसुवा र नुवाकोटलाई राजधानीसँग जोड्ने यस सडक खण्ड जिर्ण भए पछि बालाजुदेखि रानीपौवासम्मको सडक शैलुङ कन्स्ट्रक्सनलाई र रानीपौवादेखि त्रिशुलीसम्मको सडक कोसी न्यौपाने कम्पनीलाई निर्माणको लागि जिम्मा दिइएको छ । एक्जिम बैंक भारतको ऋण सहयोगमा  विसं २०७३ सालबाट स्तरोन्नति गर्ने कार्य थालिएता पनि निर्माण कार्य आशा लाग्दो हुन सकेको छैन । निर्माण कम्पनीले स्तरोन्नतीको कार्य समयमा सम्पन्न गर्न ध्यान नदिदा स्थानीय झनै बढी समस्यामा परेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments