Incident Reports

कैलालीमा वडा कार्यालय भवन निर्माणमा मनपरी गरेको भन्दै स्थानीयको विरोध

2020-06-29

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 6

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ को कार्यालय भवन निर्माणमा मनरी गरेको भन्दै स्थानीयले विरोध गरेका छन्। वडा कार्यालय निर्माण गर्दा स्थानीयवासीको मागलाई वेवास्था गर्दै मनोमानी ढंगबाट अनुपयुक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन्।  

जनताको चाहना विपरित बसन्तामा वडा कायालय निमार्ण हुन लागेका भन्दै सोमबार स्थानीयले सडकमा उत्रिएर विरोध जनाएका छन्। स्थानीयले प्रतिखेतमा नै भवन निर्माण गर्नुपर्ने वा बृहत भेला गराई निर्णय गरी अघि बढ्नुपर्ने माग वडा र नगरपालिकामा राखेको भएपनि कतैबाट सुनुवाई नभएको भन्दै विरोध गरेका छन्।  

 यसअघि वडाअध्यक्ष विनोद विश्वकर्माले आफुखुसी भवन निर्माण गर्न थालेको भन्दै स्थानीय डम्बर थापाले गत वर्ष जेठ १४ गते पुनरावेदन अदालत दिपायलमा मुद्धा दायर गरेका थिए। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments