Incident Reports

गैँडाकोट नगरपालिकामा तालाबन्दी

2020-07-02

Gandaki, Nawalparasi East, Gaidakot, Ward 5

नवलपुर – नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् ।

नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला लगाएका थिए ।

जनताको कामकाज ठप्प पार्नुले उनीहरुमाथि आफूहरुको भरोसा उडेको गैँडाकोट– ५ का मेघराज खरालले बताए । ‘हाम्रो कामकाजमा सहजता पुर्‍याउने भन्दै चुनावका बेला भोट माग्न आएका थिए’, खरालले भने, ‘अहिले असार मसान्तको समयमा आएर तालाबन्दी गर्दा हाम्रो भुक्तानी रोकिएका छन् ।’

नगरमा सञ्चालित विभिन्न योजना सम्पन्न भएपछि रकम भुक्तानी लिन आउँदा तालाबन्दीले दुःख पाएको खरालले गुनासो गरे ।

असार १६ गते देखि नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा उनीहरुले तालाबन्दी गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments