Incident Reports

धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा गाउँले -गाउँले विच झडप ,प्रहरीले गर्यो हवाई फायर

2020-07-03

Madhes, Dhanusha, Bideha, Ward 2

धनुषा जिल्बलाको विदेह नगरपालिकामा र्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको उग्ररुप लिएपछी झडपलाई नियन्त्रणमा लिनको लाही प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

विदेह नगरपालिका वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् ।

बर्थिङ सेन्टर निर्माणको विषयमा यी दुई वडाबीच बिहीबारदेखि नै झडप हुँदै आइरहेको छ ।शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएपछि भिडलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीले भने, ‘बिहीबार पनि दुवै पक्षलाई सम्झाई बुझाई गरेर फर्केका थियौं । तर भवन निर्माणको विषयमा शुक्रबार पनि दुवै पक्षले आ-आफ्नो अडान राखेर विवाद गर्न थाले । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि अश्रु ग्यास र हवाई फायर गरेर भिडमा नियन्त्रणमा लिन बाध्य भएका हौं ।’
कार्कीका अनुसार विवाद गर्ने समूहले दुहबी सीमा प्रहरी चौकीमा समेत ढुँगामुढा गर्न थालेपछि ६ राउण्ड अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गर्नु परेको हो ।

बर्थिङ सेन्टर निर्माणकाे विषयलाई लिएर भएको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । दुबै पक्षले एकअर्कामाथि ढुँगा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार अहिले यस ठाउँको अवस्था नियन्त्रणमा रहेको र बर्थिङ सेन्टर निर्माणबारे दुवै पक्षबचि छलफल भइरहेको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments