Incident Reports

खोकनामा प्रहरी र स्थानीयवासी झडप

2020-07-04

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ। झडपमा चारजना प्रहरी घाइते भएका छन् । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास हानेको छ।

सरकारले काठमाडौं-तराई द्रूतमार्ग, बाहिरी चक्रपथसँगै मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी गरेर जग्गा अधिग्रहण गरेको छ। त्यसको विरोधमा खोकनाबासी आन्दोलित भएका हुन्। सरकारले अधिग्रहणका लागि सूचना सार्वजनिक गर्दै खेतीबाली लगाउन नदिएपछि स्थानीय आक्रोशित भएका हुन्।

सरकारको निर्णयविरुद्ध खोकनाबासीले खुला फाटमा संयुक्त रुपमा रोपाई‌ कार्यक्रम गरेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो। स्थानीयले विकासका नाममा सरकारले धर्म र संस्कृतिमाथि प्रहार गरेको भन्दै अपत्ति जनाएका छन्।  तस्बिर : अशोक दुलाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Excessive Use of Force
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments