Incident Reports

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

2020-07-03

Lumbini, Banke, Nepalgunj, Ward 1

नेपाल पत्रकार महासङ्घका सधारण सदस्य एवं ग्लोबल मिडियामा कार्यरत नेपालगञ्ज उपमनपा–१ का ३० वर्षीय टेकेन्द्र बस्याललाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही उपमनपा–३ का  ३० वर्षीय आजम हलवाई र ३२ वर्षीय चाँदबाबु हलवाईलाई असार १९ गते गिरफ्तार गरेको छ ।

घरजग्गा विवादका विषयमा समाचार सङ्कलन गर्न पुगेका बस्याललाई असार १९ गते आरोपितद्वयले कुटपिट गर्नुको साथै क्यामरा समेत फुटाएर क्षति पुर्‍याएको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितले  असार १९ गते वडाप्रहरी कार्यालयमा घटनाका बारेमा मौखिक जानकारी गराएपनि  लिखित उजुरी नदिएको बताउनु भयो ।

वडा प्रहरी कार्यालयका इन्स्पेक्टर हरी बस्नेतले आरोपितद्वयलाई  गिरफ्तार गरि अनुसन्धान भइरहेको बताउनु भयो ।

यसैगरी घटनाका सम्बन्धमा नेपाल प्रेस युनियन बाँके शाखाले असार २० गते प्रेस विज्ञप्ती मार्फत समाचार सङ्कलन गर्न पुगेका बस्यालमाथि  भएको घटनाप्रति ध्यानाकर्षण जनाएको छ । विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गर्दै सञ्चार सामाग्रीको  क्षतिपूर्ति व्यहोर्नु पर्ने भनिएको छ ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments