Incident Reports

दिनेश खबरकर्मीमाथि हातपात गर्ने बावु छोरा पक्राउ

2020-07-05

Sudurpashchim, Kailali, Dhangadhi, Ward 5

धनगढी : दिनेश खबरकर्मीमाथि हातपात गर्ने धनगढीका दुईजना पक्राउ परेका छन्। दिनेश सञ्चार गृहले सञ्चालन गरेको दिनेश खबर÷दिनेश एफएमका वरिष्ठ संवाददाता कमल सावदमाथि दुर्व्यवहार गरी हातपात गर्ने धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का हर्कबहादुर देउवा र उनका छोरा ठक्करबहादुर देउवा पक्राउ परेका हुन्। 

उनीहरु दुवैजनाले आज दिउँसो सुदूरपश्चिम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पत्रकार सावदमाथि दुव्र्यवहार गर्दै हातपात गरेका थिए। दुवैजना विरुद्ध पत्रकार सावदले दर्ता गरेको सार्वजनिक हित समेतको विरुद्ध कसुर गरेको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए। 

 यसअघि जिल्ला प्रहरी कार्यालयमा दिएको ठाडो निवेदनका आधारमा छलफलका लागि भन्दै आफै प्रहरी कार्यालयमा उपस्थित भएका बावु छोरालाई उजुरी दर्ता भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। कृषि मन्त्रालयबाट माछा पालनका लागि अनुदान लिएर पनि पोखरी निर्माण नगरेको विषयमा समाचार छापेर आफ्नोे बदनाम गरेको भन्दै बुवाछोराले पत्रकार सावदमाथि दुव्र्यवहार र हातपात गरेका थिए। 

ठक्कर देउवा कैलाली फुटबल संघका सदस्य समेत हुन्। उनका बुवा हर्क बहादुर देउवाले धनगढी उप–महानगरपालिका वडा नम्व्र ५ मा कृषि मन्त्रालयबाट माछा पालन गर्ने भन्दै एक लाख ४२ हजार ६ सय आठ रुपैँया अनुदान पाएका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments