Incident Reports

लेकसाइडमा शिरिष गुरुङको धर्ना, ‘३ महिना सुतेर पुगेन कहिले उठ्ने !’

2020-07-05

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा, २१ असार । कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको र एमसीसी खारेज गर्नुपर्ने लगायत विभिन्न विषयमा यतिखेर देशभर विरोध र प्रदर्शन भइरहेको छ ।

यसैबीच, आइतबार पोखरामा विरोध प्रदर्शन गरियो । तर सो प्रदर्शनमा कुनै समूह थिएन । मात्र एक्लै थिइन पोखरा लेकसाईडकी शिरिष गुरुङ ।

एक्लै व्यानर बोकेर उनी कहिले विपी चोक त कहिले जिल्ला प्रशासन कार्यालय कास्की अघि पुगछिन् । प्रत्येक दिन १ बजे देखि ४ बजे सम्म ४ घण्टासम्म एक्लै धर्ना दिइरहेकिछिन्। अहिले उनी विपी चोक अगाडी धर्ना दिदै आइरहेकी छिन् , उनले धर्ना दिएको आज २१ दिन पुगेको उनी बताउँछिन् ।

केही साथीभाइ जम्मा गरी सामूहिक रुपमै भेला हुने इच्छा भए पनि सम्भव नभएपछि २ हातमा प्लेकार्ड बोकेर एक्लै भएपनी निरन्तरता दिइरहने वताउछिन ।उनले लिएको प्लेकार्डमा लेखिएको थियो –‘इन अफ इज इन अफ’ र ‘३ महिना सुतेर पुगेन कहिले उठ्ने’ । काठमाडौं पोखरा लगायत देशका विभिन्न ठाउँमा भइरहेको स्वतन्त्र विरोधबाट प्रभावित भएरै उनले पनि यो कदम चालेको स्पष्ट पारिन् ।

देख्ने अन्य सर्वसाधारणले भने समर्थन जनाए । तर उनको गुनासो भने खुलम खुल्ला रुपमा ‘ठीकलाई ठीक र बेठीकलाई बेठीक’ भन्न भसक्ने नेपालीको बानीमा रहेछ । नेपालीहरु साथीभाई गफ गर्दा होस् या संगै बसेर खाजा खाना खादा किन नहोस, देशको बारेमा चिन्ता व्यक्त गर्छन तर खुलम खुल्ला रुपमा भन्न डराउछन् । उनि भन्छिन्, ‘मलाई एक्लै भएकोमा दुःख छैन । बरु अरु सामेल नभएकोमा छ ।’

कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको भन्दै उनले मानव स्वास्थ्यप्रति खेलवाड गर्न नहुने बताउँछिन् । पिसिआर टेष्ट नगरी आरटिडिमात्र गर्दा झन् समस्या बल्झिएकोले पिसिआर अनिवार्य गर्नुपर्ने उनको माग छ । सरकारले १० अर्ब खर्च गरेको भनेपनि जनतामा त्यसको प्रत्यक्ष प्रभाव नपरेको उनको तर्क छ ।

कुनै दलबाट प्रभावित नभएको स्पष्ट पार्दै उनले राष्ट्रका लागि केही समय सबैले दिन सके भविष्यमा यस्ता समस्या निराकरण हुने विश्वास गरिन् ।

स्वतन्त्ररुपमा आफ्नो आन्दोलनमा सहभागी हुन चाहनेलाई हातोमालो गर्ने गुरुङको सोच छ । ‘नभए सरकारको राम्रा कामको प्रशंसा र नराम्रोको विरोध गर्छु, उनले अठोट व्यक्त गरिन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments