Incident Reports

पेसागत सुरक्षाको माग गर्दै पत्रकारको प्रदर्शन

2020-07-03

Bagmati, Kathmandu, Kathmandu

कोरोना भाइरसको महामारीका वेला समस्यामा परेका श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग गर्दै शुक्रबार पत्रकारहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको अगुवाइमा गरिएको प्रदर्शनमा सञ्चारमाध्यमसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहभागिता थियो । 

प्रदर्शनमा सहभागीले पत्रकारको पेसागत सुरक्षासँग सम्बन्धित प्लेकार्ड बोकेका थिए । उनीहरूले बोकेका प्लेकार्डमा ‘श्रमजीवी पत्रकारको पेसागत अधिकार रक्षा गर’, ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गर’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन गरौँ’लगायत नारा उल्लेख थिए । 

प्रदर्शनमा उत्रिएका पत्रकारलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुको सट्टा उल्टै काम गरिरहेका श्रमजीवी पत्रकारलाई निष्कासन गरेर अन्याय गरेको बताए । अध्यक्ष आचार्यले त्यसका विरुद्धमा संघर्षका लागि आह्वान गरे ।

महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, महासचिव रमेश विष्ट, प्रेस संगठनका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितलगायतले श्रमजीवी पत्रकारको पेसागत अधिकार र सुरक्षाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए । महासंघले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 80
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments