Incident Reports

इष्टुद्धारा भरतपुर चौविसकोठीको सडकमा मौन प्रदर्शन

2020-07-07

चितवन : चितवनका निजी विद्यालयले शिक्षकलाई तलब नदिएपछि सडकमा आएर तलबको माग गरेका छन् । निजी विद्यालयका शिक्षकहरुको संगठन सस्थागत विद्यालय क्षिक्षक युनियन (इष्टु) को आयोजनामा भरतपुरको चौविसकोठीमा मौन प्रदर्शन गरेका हुन् । लकडाउनको वहाना बनाएर तलब नदिएको भन्दै सडकमा उत्रन बाध्य भएको शिक्षकहरुले बताएका छन् । 

छ महिनादेखि तलब नपाएको, केही विद्यालयले एक वर्षदेखि तलब नदिएको, लकडाउनको बहाना बनाएर शिक्षकलाई तलब नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 

सेवा हामीले रोकेनौ भोकले आँखा देखेनौ, हामी गुणस्तरीय शिक्षा दिन प्रतिवद्ध छौ, दया हामीलाई चाहिदैन अधिकार खोस्न पाइदैन, हामीले सरकार कर ति¥यौल सरकार तिमि कहाँ छौ जस्ता प्ले कार्ड लिएर शिक्षकले प्रदर्शन गरेका हुन् ।प्रर्दशनमा अगुवाइ गर्नु भएका सस्थागत विद्यालय क्षिक्षक युनियनका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले वहाना देखाएर सस्थागत विद्यालय शिक्षकलाई तलव दिन नचाहेको आरोप लगाउनु भयो । 

अनलाइन कक्षाको नाममा अहिलेपनि शिक्षकलाई काममा लगाइएको तर तलब नदिने भएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो । चितवनसहित देशभरी विभिन्न प्रकारका आन्दोलन शिक्षकले गरेको पाठकले जानकारी दिनु भयो । 

सस्थागत विद्यालय क्षिक्षक युनियन (इष्टु) अध्यक्ष जनकराज घिमिरेले तलब नदिएसम्म आन्दोलन जारी रहने बताउनु भयो । इष्टुका अनुसार जिल्लामा १६५ निजी विद्यालय रहेका छन् भने ८० प्रतिशत शिक्षकले तलब नपाएको उहाले जानकारी दिनु भयो । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments