Incident Reports

अतिक्रमण हटाउन गएको बर्दिया निकुञ्जको टोली र स्थानीयबीच झडप

2020-07-09

Lumbini, Bardiya, Thakurbaba, Ward 9

बर्दिया — बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा अतिक्रमित बस्ती हटाउन गएका निकुञ्ज कर्मचारी र स्थानीयबीच बिहीबार झडप भएको छ । बिहीबार बिहानै बस्ती हटाउन निकुञ्जको टोली पुगेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

 बर्दिया राष्ट्रिय निकुञ्जले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको भन्दै ५४ वटा घर हटाउने तयारी गरेको छ । स्थानीयले भने आफूहरू वर्षौंदेखि त्यहीँ बस्दै आएकाले नहट्ने अडान लिएका छन् । स्थानीय र निकुञ्जको टोलीबीच अहिले पनि झडप जारी रहेको वडाध्यक्ष राधा चौधरीले बताइन् । ‘निकुञ्जले हरेक दिन स्थानीयलाई पक्रेर लैजाने र सादा कागजमा सही गराउने गर्थ्यो,’ उनले भनिन्, ‘आज पनि दुई जनालाई पक्रेर लैजान खोजेपछि झडप भएको हो ।’ निकुञ्जका वार्डेन अणनाथ बरालले भने अतिक्रमित बस्ती भएकाले हटाउन कर्मचारी खटाइएको बताए । ‘बस्ती खालि गरेरै छाड्छौं,’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments