Incident Reports

सिभिल मलका व्यापारीहरु आन्दोलित, सबै पसलले संचालकलाई बुझाए चावी

2020-07-10

काठमाडौँ, २६ असार । पूर्ण लकडाउनको अवधिको शत प्रतिशत भाडा छुट माग गर्दै सिभिल मलका व्यवसायीले मल सञ्चालकलाई चाबी बुझाएका छन् ।

काठमाडौँको सुन्धारा स्थित रहेको सिभिल महको सपिङ कम्प्लेक्सका व्यवसायीले लकडाउनका कारण भाडा तिर्न नसकेको भन्दै मल सञ्चालक लालकाजी गुरुङलाई ताला चाबी बुझाएका हुन् ।

व्यवसायी र मल सञ्चालकबीच भएको छलफलमा शत प्रतिशत भाडा छुटको विषयमा निक्यौल हुन नसक्दा १०५ जना व्यवसायीहरुले ताला चाबी बुझाएका हुन् ।

पसल खोलेर बोेहनीसम्म नभएको अवस्थामा नेपाल सरकारले कर तिर्नको लागि ताकेता गर्ने, बैंकबाट सावा ब्याज भुक्तानको लागि व्यापारीलाई दबाब दिनु, बन्द अवधिमा कर्मचारीलाई तलब दिनुपर्ने र त्यसै समयमा कम्प्लेक्स सञ्चालक समेत भाडादरमा शतप्रतिशत नदिएपछि तालाचाबी बुझाउनुपर्ने स्थिति आएको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिनुभयो ।

परिवार र आफु पालिन नै समस्या भएको अवस्थामा मल सञ्चालकले भाडाको लागि ताकेता गरिराखे, हामीसंग सञ्चालकलाई दिने पैसा भएन, भएको सम्पत्ति सोही पसल हो, त्यसैले पसलको चाबी बुझायौँ अध्यक्ष घिमिरेले भन्नुभयो ।

लगभग ३ महिनासम्म भएको लगडाउनको अवधिलाई शून्य अवधि मानेर सञ्चालकलाई भाडा मिनाह गर्न आग्रह गरेको भएपनि सञ्चालकले अस्वीकार गरेका थिए ।

भाडा तिर्न दबाब

मल सञ्चालकले व्यापारीलाई पत्राचार गरी भाडा तिर्न दबाब दिएका थिए । सरकारले सपिङ मलहरु बन्द गर्ने घोषणा गरेको बेला व्यापार नै भएको छैन कसरी भाडा तिर्नु रु व्यवसायीहरु भन्छन् । करिब ८ लाख भाडा तिर्ने व्यवसायीको पनि पछिल्लो समय २५ हजारको समेत व्यापार छैन कसरी भाडा बुझाउने ?

यता मल सञ्चालकले भने पूर्ण लकडाउनको अवधिमा ५० प्रतिशत भाडा छुट गर्ने जनाएको छ । तर छुट पाउनको लागि व्यवसायीले असार २५ भित्र भाडा तिर्नुपर्ने सञ्चालकको सर्त रहेको छ ।

असारसम्म नतिरे ५० प्रतिशत छुट पनि २५ प्रतिशतमा झारिने भनेर दबाद दिइएको छ, अध्यक्ष घिमिरेले भन्नुभयो, सो अवधि पनि बिहीबार नै सकिएको छ ।








तस्बीर : महेश्वर केसी/न्यूज २४

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments