Incident Reports

बैंक विरुद्ध मकवानपुरको उद्योगी ब्यवसायीहरुको प्रदर्शन

2020-07-10

Bagmati, Makawanpur, Hetauda

हेटौँडा । मकवानपुरका उद्योगी ब्यवसायीहरुले आज हेटौँडामा प्रदर्शन गरेका छन् । लकडाउनको कारण समस्यामा रहेका व्यवसायीलाई बैंक तथा वित्तिय सस्थाले ऋणको ब्याज र किस्ता दाखिला गर्न दिनदिनै दबाब दिन थालेपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आज हेटौँडाको बुद्ध चोकमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा उद्योग संघ मकवान,होटल व्यवसायी संघ मकवानपुर निर्माण व्यवसायी संघ,प्याव्सन मकवानपुरm एनप्याव्सन मकवानपुर, पुरानो नारायणी यातायात व्यवसायी , नारायणी यातायात कम्पनि प्रालि , सार्वजनिक यातायातको समर्थन रहेको थियो ।

प्रदर्शनको क्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बैंकले व्यवसायीलाई मानसिक तनाब दिएको बताए । बैंकको तनाबको कारण व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको बताए । उनले बैंकले यो परिस्थितीलाई मुल्यांकन गर्नुपर्ने बताए । आफुहरुले बैंकलाई किस्ता तथा ब्यान नदिने नभनेको भन्दै उनले यो अवस्थामा केहि समयमात्र माग गरेको बताए ।

प्रदर्शन पछि गरिएको पत्रकार सम्मेलनमा बोल्दै उद्योग संघ हेटौँडाका बरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुुरेलले बैंकले आफुहरुलाई मानसिक तनाव दिएको बताए । बैंकले उद्योग ब्यवसायीकै लगानीबाट प्रत्येक वर्ष अर्बौ नाफा निकाल्ने गरेको भन्दै यस्तो अवस्थामा उनीहरुले व्यवसायीको समस्या बुझनुपर्ने उनको भनाई रहेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Secondary Cause Government Relief
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments