Incident Reports

आर्थिक चलखेलमा नगरले जग्गा खरिद गरेको भन्दै धुनिबेँसीका स्थानीय आन्दोलित

2020-07-12

Bagmati, Dhading, Dhunibesi

धादिङ्ग, २९ असार । धादिङ्गको धुनिबेँसी नगरपालिकाले मापदण्ड विपरित आर्थिक चलखेलमा जग्गा खरिद गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । आईतवार सयौंको संख्यामा गएका स्थानीयले ५ हजार हस्ताक्षरसहित विरोधपत्र धुनिबेँसी नगरपालिकाका उपप्रमुख निरु खरेललाई बुझाएका हुन् ।

धुनिबेँसी नगरपालिकाले जग्गा खरिदको क्रममा सार्वजनिक सुचना समेत टाँस नगरी स्थानीयलाई गुपचुप राखी खरिद गरेको विरोध पत्रमा उल्लेख गरेको छ । धुनिबेँसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले ठुला व्यापारीसँग मिलेमतोमा राज्यको ठुलो आर्थिक रकम हिनामिना समेत गरेको उल्लेख छ । नगरले जुगेडी केन्द्र भन्दै मच्छिन्द्रनाथ सामुदायिक वनको खोल्सा संगै जोडेको कपुरबासे भन्ने स्थानमा जग्गा लिएको समेत उल्लेख छ ।

सर्वदलीय बैठकले जुगेडी केन्द्र तोके पनि ईलाका नं. १० अर्थात् साविकको नौबिसे, जीवनपुर, छत्रेदेउरालीको केन्द्र खानिखोला रहेको थियो । सोही स्थानमा नगरपालिका कार्यालय रहने समेत बताएको थियो । त्यसको स्थान परिवर्तन गर्नका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले स्थान परिवर्तन गर्ने वा नगर्ने सुचना जारी गरे पनि राजपत्रमा परिवर्तन नभएको समेत उल्लेख छ ।

मोटो रकमको चलखेल हुने भएपछि ठुला व्यापारीको जग्गा अर्थात् ग्याप नेपाल प्रा.लि र सि.जि.प्रिन्ट एण्ड प्याकेजिङ्ग प्रा.लि.संग मिलेमतोमा साविकको नौबिसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२५२ को ३ रोपनी क्षेत्रफल र साविककै नौविसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२४९ को ५ रोपनी क्षेत्रफल जग्गा प्रतिरोपनी २० लाख ६० हजारमा खरिद गरेको हो ।

जुन खरिद गरेको जग्गा नगरपालिकाको हुनुपर्ने मापदण्ड समेत पुग्दैन । नगरपालिका हुनको लागि वस्तीसँगै हुनुपर्ने सडक सञ्जालसँग जोडिनु पर्ने राजमार्गबाट ५ सय मिटर भित्र हुनु पर्ने बालबालिका, अपाङ्ग र वृद्ध वृद्धालाई समेत सहज रुपमा आवतजावत गर्न सक्ने हुनुपर्छ । तर भौतिक पुर्वधारविना सीमित व्याक्तिहरुको फाईदाको लागि नगरले जग्गा खरिद गरेको विराेध-पत्रमा उल्लेख छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments