Incident Reports

नेहामाथि कुटपिट घटनाः छानबिन समितिले प्रदेश प्रहरीलाई बुझायो प्रतिवेदन

2020-03-20

Karnali, Rukum West, Aathbiskot, Ward 9

रुकुम पश्चिममा प्रहरीले नेहा विष्टमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न बनेको समितिले घटनाको प्रतिवेदन कर्णाली प्रदेश प्रहरीलाई बुझाएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ की २१ वर्षीया नेहा विष्टमाथि निर्घात कुटपिट गरेको भन्ने विषयमा छानबिन गर्न गठिन समितिले सोमबार कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन बुझाएको हो।

असार २३ गते नेहा विष्टमाथि प्रहरीबाट कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको थियो।

जाजरकोटबाट घर फर्कंदै गरेकी नेहामाथि नियन्त्रणमा लिइसकेपछि अमानवीय ढंगले कुटिपट भएको थियो।

सोही घटनाका विषयमा छानबिन गर्न आठबिसकोट नगरपालिकाले नगरपालिकाका प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो।

सोही समितिले आफ्नो अध्ययन प्रतिवेदन प्रदेश प्रहरीलाई बुझाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायब उपरीक्षक राजेशनाथ बाँस्तोलाले सेतोपाटीलाई जानकारी दिए।

यो पनि :

नेहामाथि प्रहरीको निर्मम लाठी, तुच्छ गाली

‘छानबिन समितिले कुटपिटको घटनाबारे आफूले गरेको अध्ययन प्रतिवेदन प्रदेश प्रहरीलाई बुझाएको छ, यसको अध्ययन गर्न भने बाँकी छ,’ एसपी बाँस्तोलाले भने, ‘अब अध्ययन गरी प्रतिवेदनका आधारमा कुटपिट गर्नेमाथि कारबाही हुन्छ, धेरै समय लाग्दैन।’

उनका अनुसार अबको एक हप्तामा प्रतिवेदन अध्ययन गरी निष्कर्ष निकालिने छ।

नेहामाथि कुटपिट गर्ने नगर प्रहरी निर्मला विक भने निलम्बित भएकी छिन्। आठबिसकोट नगरपालिकाले गत साता विज्ञप्ति निकालेर उनलाई निलम्बित गरिएको जानकारी गराएको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीको संयोजकत्वमा गठित समितिले विकलाई दोषी ठहर गर्दै निलम्बन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयलाई भने जिल्ला प्रहरी कार्यालय रुकुमद्वारा छानबिन समितिले प्रतिवेदन बुझाएको हो।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा गठित ४ सदस्यीय छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

‘हामीले बनाएको छानबिन समितिले आफ्नो काम पूरा गरी प्रतिवेदन प्रदेश प्रहरीलाई बुझाइसकेको छ,’ उनले भने, ‘विभागीय कारबाहीका लागि सिफारिस पनि गरिएको छ, बाँकी प्रदेश प्रहरीले आफ्नो काम गर्छ।’

केसीका अनुसार पीडित भनिएको नेहा र उनको परिवारसँग भने प्रहरीको निरन्तर कुराकानी भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Law and Order Violence
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments