Incident Reports

श्रमजीवी पत्रकारहरुद्वारा कान्तिपुर गृहमा धर्ना

2020-07-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा श्रमजीवी तथा पत्रकारहरुले एक घण्टा धर्ना दिएका छन् । कोरोना महामारीको मौका छोपी पत्रकारहरु तथा श्रमजीवीहलाई अपमानजनक तरिकाले निलम्बन गरेको, लकडाउन अवधिको पत्रकार तथा श्रमजीवीहरुलाई तलब नदिएको र न्युततम पारिश्रमिक लागु नगरेको भन्दै विभिन्न ११ वटा संगठनहरुले धर्ना कार्यक्रम गरेका हुन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले २७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्न चेतावनी दिए ।

उनले देशको सबभन्दा ठूलो मिडिया भन्दै चिनाउने कान्तिपुरले न्युनतम मानवीय मुल्य र मान्यता भुलेको र त्यो कदम नरोकिए पत्रकारहरु तथा श्रमजीवीहरुले कडा संघर्ष गर्ने चेतावनी दिए ।

त्यस्तै प्रेस संगठनका विश्वमणी सुवेदीले पत्रकारहरु तथा श्रमजीवीहरुलाई यसरी नै बिना कारण बर्खास्त गरे बिग मिडियाहरुलाई नांगेझार पार्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रेस संगठन नेपालका ३ नं. प्रदेश अध्यक्ष विष्णुमणी सुवेदीले श्रमजीवीका माग पूरा गराउने याे अान्दाेलन माग पूरा नहुञ्जेलसम्म जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले पत्रकार मजदुरहरु मिल्नुकाे बिकल्प नभएकाे बताउँदै अाफ्नाे संगठन निरन्तर अान्दोलनकाे माेर्चाबाट साथ दिइरहने स्पष् पारे ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य करनसिंह बडालले ठूला मिडियाको यस्तै खालको अत्याचार कायम रहे श्रमजीवी तथा पत्रकारहरुले मिडियाका मालिकहरुलाई गलहत्याएर यथार्थ धरातलमा ल्याउने चेतावनी दिए ।

त्यस्तै बडालले कान्तिपुर लगायतका ठूला मिडिया हाउसका संचालकहरु आलिसान भवनको अग्लो ठाउँमा सुरक्षा घेरा भित्र बसेर बिभिन्न षड्यन्त्र गरे पनि सुरक्षित छु भन्ने भ्रममा नपर्न आग्रह गरे ।

अगामी दिनमा यस्तै क्रियाकलाप गरिरहे कान्तिपुर लगायतका ठूला मिडिया हाउसका बिरुद्ध कडा आन्दोलन गर्ने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष लाेकराज जैसीले काेराेनाकाे बाहानामा श्रमजीवीलाई लखेट्ने रवैया हामी कसैलाई स्वीकार्य नहुने चेेतावनी दिए ।

त्यस्तै प्रेस नेपालका अध्यक्ष केशव अर्याल र ट्रेड युनियन कान्तिपुर एकाईका तीन वटै संगठनका अध्यक्षहरु, श्रीराम वाग्ले, अर्जुन पाठक र ढकप्रसाद खतिवडाले पनि मालिकले ध्यान दिएर मजदुरका अावाज सुन्न सुझाउँदै श्रमजीवीहरुकाे विजय नभएसम्म अान्दाेलन जारी रहने स्पष्ट पारेका थिए ।

धर्नामा पत्रकार महासंघ उपत्यकाका ३ जिल्लाका प्र्रतिनिधिहरु, नवराज दाहाल, क्रान्तिकारी पत्रकार संगठनका सचिव राजकपुर महर्जन, केन्द्रीय नेताहरु धनञ्जय बुढा, करण बडाल, राजु बोहोरालगायत ११ वटा संगठनका सबै प्रतिनिधि र कान्तिपुरका मजदुर, कर्मचारी पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकासित मिति

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments