Incident Reports

ब्याज मिनाहा र किस्ता बुझाउने म्याद सार्न माग गर्दै धर्ना

2020-07-15

Province 1, Dhankuta, Dhankuta

धनकुटा ३१ असार । ऋणको ब्याज मिनाहा र किस्ता बुझाउने म्याद थप गर्न माग गर्दै धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा प्रर्दशन गरेको छ । 

राष्ट्रिय बाणिज्य बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना लिई गर्भनरलाई ज्ञापन पत्र पठाएको छ ।बैक तथा वित्तीय संस्थाहरुबाट किस्ता बुझाउने बारम्बार दवाव दिएपछि धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटामा ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाँच महिना पर सार्न माग गर्दै प्रर्दशन गरेको हो । 

राष्टिय बाणिज्य बैक धनकुटा र साग्रिला विकास बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र पठाएका छन् । उनीहरुले ऋणको ब्याज मिनाहा गर्नु पर्ने र किस्ता बुझाउने म्याद ५ महिना पर सार्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । 

प्रर्दशन र धर्ना पछि राष्ट्रिय बाणिज्य बैक धनकुटा शाखाका प्रवन्धक केनदीप श्रेष्ठ मार्फत राष्ट्र बैकका गर्भनरलाई ऋणको ब्याज मिनाहा गर्न , किस्ता बुझाउने माग पाँच महिना पर सार्न र व्यापार व्यावसाय र उद्योग संचालन गर्न उद्योगी व्यावसायीलाई आकस्मिक कर्जा,पुर्नकर्जा,सहुलियत कर्जा तत्काल उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र पठाएको छ । 

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले कुनै पनि बैक तथा वित्तीय संस्थाहरुले ऋणको किस्ता बुझाउन चर्को दवाव दिए वा निरन्तर तोकता गरी जवरजस्ती गरेमा संघमा सूचना दिन आग्रह गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Secondary Cause Government Relief
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments