Incident Reports

बेंसीसहरमा आइसोलेसन बनाउन लाग्दा स्थानीयको विरोध

2020-07-17

Gandaki, Lamjung, Besishahar, Ward 7

लमजुङ — बेंसीसहर नगरपालिका ७, सहजीको सहरी विकास कार्यालयको भवनमा संचालित क्‍वारेन्टाइनलाई आइसोलेसन बनाउने तयारी गरिएपछि स्थानीयले विरोध गरेका छन् । 

जिल्ला समन्वय समितिको हलमा निर्माण गरिएको आइसोलेसनमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको संकट व्यवस्थापन केन्द्र (सीएसमसी) ले सहजीको क्‍वारेन्टाइनलाई आइसोलेसन बनाउने निर्णय गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । सीएमसीले भोटेओडारको भक्ति नमुना माविमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सहरी विकास कार्यालयको भवनमा बेंसीसहर नगरपालिका ७ को वडा कार्यालयले क्वारेन्टाइन बनाएको थियो । उक्त क्वारेन्टाइनलाई सीएमसीले जिल्लास्तरीय क्वारेन्टाइन बनाउने निर्णय गर्दै यसको रेखदेखको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको थियो । उक्त ठाउँमा आइसोलेसन व्यवस्थापन गर्ने भन्दै शुक्रबार दिउँसो जिल्ला समन्वय समितिमा राखिएको आइसोलेसनको सामग्री गाडीमा सहजी पुर्‍याएको थियो । गाडीलाई अघि बढ्न नदिई स्थानीयले दिनभर विरोध गरे । स्थानीयले अरु ठाउँ भरिएपछि मात्रै कोरोना संक्रमित ल्याउन, संक्रमितले प्रयोग गरेको पानीको ढल पुमाखोलामा नमिसाउन, क्वारेन्टाइनमा बस्नेले गरेको फोहरलाई जथाभावी नफाल्न र फालिएका कपडा, बोत्तलजन्य पदार्थलाई गाढ्न आग्रह गरेका थिए । आफ्नो आग्रह अस्वीकार गर्दै प्रशासनले प्रहरी लगाएर जबर्जस्ती आइसोलेसन बनाउन लागिएकोले विरोध गर्नु परेको स्थानीय धना थापाले बताइन् । स्थानीयले आफ्ना माग राख्दा उल्टै प्रहरीबाट लाठीचार्ज भएको गुनासो गरेका छन् । उनीहरुले लाठी चार्ज गर्ने प्रहरीलाई कारबाहीको समेत माग गरेका छन् । बेंसीसहर नगरपालिका ७ का वडाअध्यक्ष गोविन्द बस्नेतका अनुसार स्थानीयले सम्भावित स्वास्थ्य जोखिमलाई सम्बोधन गरिनुपर्ने मागमात्रै राखेका थिए । क्वारेन्टाइनलाई आइसोलेसन बनाउने विषयमा स्थानीय साथै जनप्रतिनिधिसँग समन्वय नगर्दा समस्या आएको उनले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिल्लास्थित क्वारेन्टाइनलाई आइसोलेसन बनाउने सन्दर्भमा जनप्रतिनिधिले सहयोग नगरेको गुनासो गरे । जिल्ला समन्वय समितिको हलमा निर्माण गरिएको आइसोलेसनमा शौचालयको समस्या, पानी चुहिने समस्यालगायतले संक्रमितलाई समस्या बनाएको भन्दै भोटेओडारको भक्ति नमुना माविमा क्वारेन्टाइन बनाएर सहजीको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने प्रक्रिया अघि बढाउँदा समस्या आएको बताए । प्रकाशित : श्रावण २, २०७७ २१:४९

स्थानीयले अरु ठाउँ भरिएपछि मात्रै कोरोना संक्रमित ल्याउन, संक्रमितले प्रयोग गरेको पानीको ढल पुमाखोलामा नमिसाउन, क्वारेन्टाइनमा बस्नेले गरेको फोहरलाई जथाभावी नफाल्न र फालिएका कपडा, बोत्तलजन्य पदार्थलाई गाढ्न आग्रह गरेका थिए । आफ्नो आग्रह अस्वीकार गर्दै प्रशासनले प्रहरी लगाएर जबर्जस्ती आइसोलेसन बनाउन लागिएकोले विरोध गर्नु परेको स्थानीय धना थापाले बताइन् । स्थानीयले आफ्ना माग राख्दा उल्टै प्रहरीबाट लाठीचार्ज भएको गुनासो गरेका छन् । उनीहरुले लाठी चार्ज गर्ने प्रहरीलाई कारबाहीको समेत माग गरेका छन् ।

बेंसीसहर नगरपालिका ७ का वडाअध्यक्ष गोविन्द बस्नेतका अनुसार स्थानीयले सम्भावित स्वास्थ्य जोखिमलाई सम्बोधन गरिनुपर्ने मागमात्रै राखेका थिए । क्वारेन्टाइनलाई आइसोलेसन बनाउने विषयमा स्थानीय साथै जनप्रतिनिधिसँग समन्वय नगर्दा समस्या आएको उनले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिल्लास्थित क्वारेन्टाइनलाई आइसोलेसन बनाउने सन्दर्भमा जनप्रतिनिधिले सहयोग नगरेको गुनासो गरे । जिल्ला समन्वय समितिको हलमा निर्माण गरिएको आइसोलेसनमा शौचालयको समस्या, पानी चुहिने समस्यालगायतले संक्रमितलाई समस्या बनाएको भन्दै भोटेओडारको भक्ति नमुना माविमा क्वारेन्टाइन बनाएर सहजीको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने प्रक्रिया अघि बढाउँदा समस्या आएको बताए । प्रकाशित : श्रावण २, २०७७ २१:४९

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिल्लास्थित क्वारेन्टाइनलाई आइसोलेसन बनाउने सन्दर्भमा जनप्रतिनिधिले सहयोग नगरेको गुनासो गरे । जिल्ला समन्वय समितिको हलमा निर्माण गरिएको आइसोलेसनमा शौचालयको समस्या, पानी चुहिने समस्यालगायतले संक्रमितलाई समस्या बनाएको भन्दै भोटेओडारको भक्ति नमुना माविमा क्वारेन्टाइन बनाएर सहजीको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने प्रक्रिया अघि बढाउँदा समस्या आएको बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments