Incident Reports

पीसीआर टेष्टको माग गर्दै कोरोना संक्रमितको भोक हडताल !

2020-07-18


३ साउन, सुर्खेत । पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् ।

१४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढका भन्छन्, ‘संघीय सरकारको प्रोटेाकलअनुसार नै १४ दिन आइसोलेसनमा राखेर घर पठाउन लागिएको हो ।’

सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको छ । तर उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण रहे-नरहेको पुष्टि गर्न आग्रह गरेका हुन् ।

पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरुले दिनभर खाना समेत खाएका छैनन् । आइसोलेसन व्यवस्थापनले उपलब्ध गराइएको खाना नखाएर खुला चौरमै छाडेका छन् ।

पीसीआर परीक्षण नगराएर घर पठाउँदा समाजमा घुुलमिल हुन आफूहरूलाई समस्या हुने भन्दै उनीहरूले पुनः परीक्षण गर्नुपर्ने अडान लिएका छन् ।

यो आइसोलेसनमा २७ जना संक्रमित छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 27
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments