Incident Reports

नेपाली कांग्रेस पर्साद्वारा पिसिआर परीक्षणको शुल्कको विरोध

2020-07-19

Madhes, Parsa, Birgunj

पर्सा, ४ साउन । नेपाली कांगे्रस पर्साले सरकारले घोषणा गरेको पिसिआर परीक्षण शुल्कको विरोध प्रदर्शन गरेको छ । कोरोना भाईरसका कारण देश नै आक्रान्त भएको अवस्थामा सरकारले जनाको ढाड सेक्ने गरी पिसिआर परीक्षण शुल्क निर्धारण गरेको भन्दै नेपाली कांग्रेस पर्साले विरोध तथा प्रर्दशन गरेको हो ।

सरकारी निर्णय फिर्ताको माग गर्दै कांग्रेस पर्साले वीरगञ्जस्थित नारायणी अस्पताल अगाडी प्लेकार्डसहित शान्तिपुर्ण प्रदर्शन गरेको छ। कोरोनाका कारण आर्थिक संकटमा परेका नागरिकको पिसिआर परीक्षणका लागी ५५ सय रूपैयाँ शुल्क लगाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको कांग्रेस पर्साको आरोप रहेको छ।

महामारीमा नागरिकको निशुल्क पिसिआर परीक्षण हुनु पर्नेमा नागरिकलाई आर्थिक संकटमा पार्ने काम भइरहेको प्रदेश साम्सद ओम प्रकाश शर्माले आरोप लगाउनुभयो । सरकारले उक्त कदम नसच्याए कडा कदम चाल्ने कांग्रेसको चेतावनी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित सबै प्रदेशमा एकरएक अस्पताल गरी अन्य ६ वटा अस्पताललाई शुल्क लिएर पिसिआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments