Incident Reports

धनुषाधाममा नगरपालिकामा स्थानीयले लगाए ताला

2020-07-24

Madhes, Dhanusha, Dhanusadham

धनुषा, ९ साउन । धनुषाको धनुषाधाम नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् । नगर प्रमुख बालेश्वर मण्डलले आर्थिक चलखेल गर्दै आवश्यक नभएको ठाँउमा पनि बाँध निर्माणका लागि उपभोक्ता समितिसँग मिलेर रकमको चलखेल गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै नगरपालिकामा ताला लगाएका हुन् । 

अनावश्यक ठाँउमा बाँध निर्माण गरेपछि अधिकांश वस्तीहरु डुबानमा परेको भन्दै पीडित सिकियाहा टोलवासीहरु नगरपालिकाको कार्यालयमा पुगेर आन्दोलन गरेका छन् । डुबान प्रभावित सिकियाहा टोलका स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै प्रदर्शन समेत गरेका हुन ।

धनुषाधाम नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर भ्रष्टाचार गरेको उनीहरुको आरोप छ । अहिले जनप्रतिनिधि र कर्मचारीहरुकै कारण आफुहरु डुबानको समस्यामा परेको उनीहरुको दुःखेसो छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments