Incident Reports

महोत्तरीको पिपरा गाउँपालिकामा जसपाले गर्यो तालाबन्दी

2020-07-25

Madhes, Mahottari, Pipra

जनकपुरधाम, ९ साउन । महोत्तरीको पिपरा गाउँपालिकाको कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गर्दै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका अध्यक्षले कुनै सुनुवाइ नगरेको भन्दै जसपा कार्यकर्ताहरूले गाउँपालिका कार्यालयको मूलगेटमै तालाबन्दी गरेका हुन् ।

आफूहरूले बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका प्रमुख बिक्रम चौधरीले सुनुवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जसपाका पिपरा गाउँपालिका अध्यक्ष विनित पाण्डेले बताउनुभयो ।

नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौधरीले डीपीआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाका कार्यकर्ताले आरोप लगाएका छन् ।

जाडो महिनामा गरीब तथा विपन्नलाई वितरण गरिएको न्यानो लुगा खरिदमा समेत भ्रष्टाचार भएको जसपाको दाबी छ ।

जाडो महिनामा स्वेटर, कम्बललगायताका लुगा वितरण गर्ने निर्णयका साथै प्रत्येक विद्यालयमा रहेका विद्यार्थीहरूको विवरण र खर्च भर्पाइ सार्वजनिक गर्न जसपाले माग गरेको हो ।

जसपाका कार्यकर्ताहरुले गाउँपालिका कार्यालयको मूलगेटमा विगत ५ दिनदेखि धर्ना समेत दिदैं आईरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments