Incident Reports

पत्रकारलाई मार्ने धम्की घटनामा गाउँपालिका अध्यक्षविरूद्ध उजुरी

2020-07-23

Karnali, Kalikot, Kalika, Ward 5

शुभकालिका गाउँपालिका–५ निवासी ३२ वर्षीय पत्रकार नन्दकेश अधिकारीलाई सोही गाउँपालिका अध्यक्ष ४५ वार्षीय खडानन्द चौलागाइँले मार्ने धम्की दिएको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका छन् ।

एप्पल खवर अनलाइनमा कार्यरत पत्रकार महासंघ कालिकोटका सदस्य अधिकारीलाई आरोपितले ०७७ साउन ८ गते फोन मार्फत मार्ने धम्की दिएको पीडितले इन्सेकलाई बताउनुभयो ।

पत्रकार अधिकारीले गाउँपालिकाको समाचार सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै जता भेटायो त्यतै मारिदिन कार्यकर्तालाई निर्देशन दिएको फोन रेकड सहित उजुरी आएको र घटनाको अनुसन्धान हुने डिएसपी श्याम ओलियाले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कालीकोट शाखाले साउन ११ गते विज्ञप्ति निकालेर घटनाबारे ध्यानाकर्षण भएको भन्दै आरोपित अध्यक्षलाई गैरजिम्मेवार भनाई फिर्ता लिएर पत्रकारलाई आफ्नो काम गर्ने वातावरण बनाउन माग गरेको छ ।

घटनाका बारेमा आरोपित गाउँपालिका अध्यक्ष चौलागाइँले आफूले मार्ने धम्की नदिएको प्रतिक्रिया जनाउनु भएको छ ।


कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments