Incident Reports

शम्भु र राजु सदाको ‘हत्यारा’लाई कारबाही माग्दै जनकपुरमा अर्धनग्‍न प्रदर्शन

2020-07-26

Madhes, Dhanusha, Janakpur

धनुषाको शम्भु सदा र राजु सदाको हत्या भएको भए पनि छानबिन तथा कारबाही नबढाएको भन्दै दलित अगुवाहरुले जनकपुरमा आज अर्धनग्न प्रदर्शन गरेका छन् । प्रर्दशनमा सहभागीहरूले दलितमाथिको अत्याचार बन्द गर, प्रहरी प्रशासन मुर्दावाद, शम्भु र राजुका हत्यारालाई कारबाही गर जस्ता नारा लगाएका छन् । जनकपुरको विभिन्न चोकमा प्रदर्शन पश्चात दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका हुन् । शम्भु र राजु सदाले न्याय नपाएसम्म आन्दोलन घोषणा गरेका छन्। साउन १३ गते थाली र सिटी जुलुससहित सिडिओ कार्यालय अगाडी धर्ना, साउन १५ गते मिरदङ्ग बजाउदै पोस्टर टाँस्दै सिडिओ कार्यालय अगाडी धर्ना, साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन रिले अनसन बस्ने जनाएको छ। गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अवस्थामा फेला परेका थिए । यस्तै गत असार ७ गते राति प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो। प्रदेश सरकारले मृतक शम्भु र राजुको परिवारलाई ५/५ लाख रुपैयाँ सहयोग गरिसकेको छ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments