Incident Reports

बसन्तपुरमा गितार बजाएर सरकारको विरोध

2020-07-26

Bagmati, Kathmandu, Kathmandu

सरकारले आफुहरुसँग गरेको सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै 'इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुले गितार बजाएर विरोध गरेका छन्।

आइतबार बसन्तपुरमा समूहका युवाहरुले आफ्ना माग पुरा गर्नुपर्ने मागसहित गितार बजाएर विरोध गरेका हुन्। सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो।   

स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारी अधिकारी र अनसनकारी समूहको तर्फबाट ई र पुकार बमले गरेको सहमतिमा आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने सहमति भएको थियो। यस्तै कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो। आफुहरुसँग सरकारले समझदारी गरेपनि कार्यान्वयन नगरेको भन्दै युवाहरुले गितार बजाएर विरोध जनाएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments