Incident Reports

विद्यार्थीको भबिष्यप्रति सरकार उदासिन भएको भन्दै पोखरा विश्वविद्यालयमा नेबिसंघको रिले अनशन

2020-07-23

Gandaki, Kaski, Pokhara Lekhnath


पोखरा, १४ साउन । बिगत एक वर्ष देखि पोखरा विश्वविधालय पदाधिकारी बिहिन भएको भन्दै विद्यार्थीहरु रिले अनशन बसेका छन् । साउन ८ गतेदेखि जारी अनशनका मागप्रति नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएको नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए । मंगलबार नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना नेतृत्वको टोलि पोखरा विश्वविद्यालय पुगि अनशनप्रती ऐक्यबद्धता जनाएका हुन् ।

अनशनरत विद्यार्थीहरु संग साक्षात्कार गर्दै उनले विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति ,रजिस्ट्रार जस्ता कार्यकारीहरु नियुक्त नगरी सरकारले हजारौं विद्यार्थीको भबिष्य माथि खेलबाड गरेको बताएका छन् ।


तिमल्सिनाले विद्यार्थीहरुलाई खोज, अनुसन्धानमा लगाई विषम परिस्थितिको सामना गर्नुपर्ने बेला उल्टै राज्य गैर जिम्मेवार भएको भन्दै सरकारलाई आन्तरिक बिबादमा भन्दा जिम्मेवार भएर विद्यार्थीको भबिष्य सुनिश्चित गर्न आग्रह गरे । तिमल्सिनाले कुलपति तथा प्रधानमन्त्री उत्तेजित भएर हावा कुराको पछि दौडन भन्दा भएका शिक्षालयहरु ब्यवस्थित गर्न लाग्नुपर्छ भन्दै आफू बिश्वविधालयले उपकुलपति नपाउन्जेल सम्म सडक संघर्षमा रहने बताए ।


साक्षात्कार कार्यक्रममा महामन्त्री तिमल्सिना , पुर्व केन्द्रिय सदस्य ढुंगेल, त्रिवि समिति अध्यक्ष हरि आचार्य लगाएतका नेताहरुले आफ्नो धारणा राखेको नेविसंघ नेता धर्म फुलाराले जानका दिए । पोखरा विश्वविद्यालयमा तुरुन्त पदाधिकारी नियुक्त गर्न माग गर्दै बिगत एक हप्तादेखि बिश्वविधालयको प्रवेशद्वारमा विद्यार्थीहरु रिले अनशनरत छन्

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments