Incident Reports

दलित समुदायले जनकपुर घन्काए

2020-07-28

Madhes, Dhanusha, Janakpur

 निरन्तर रुपमा दलित समुदाय उपर प्रहार गरिएको भन्दै दलित समुदायहरुले आज (मँगलबार) जनकपुर घन्काएका छन् ।

दलितमाथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोध गर्दै थाली पिटेका छन् । निरन्तर रुपमा दलितमाथि भई रहेको हत्या, हिंसा विरुद्ध गाउगाउबाट आएका दलित युवा तथा महिलाहरुले थाल पिट्नुका साथै सिटी फुकेर प्रदर्शन गरेका हुन् ।  

उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका थिए । उनीहरु प्रहरी प्रशासन विरुद्ध प्रर्दशन गरे ।धनुषाको शम्भु सदा र राजु सदाको हत्या र न भएको भएपनि छानविन तथा कारवाही नगरेको र दलितमाथि निरन्तर बलात्कार, कुटपिट तथा दुर्व्यवहार जस्ता घटना घट्न थालेपछि दलित अगुवाहरु आन्दोलनको घोषणा गरेका छन् । 

अब साउन १५ गते मिरदङ्ग बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना र साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने दलित अगुवाहरुले जनाएको छ । 

गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अबस्थामा फेला परेका थिए । यस्तै गत असार ७ गते राति प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments