Incident Reports

ग्यास चुल्हो बाँड्ने क्रममा झडप : १५ जना घाइते, २ को अवस्था गम्भीर

2020-07-29

Madhes, Rautahat, Yemunamai, Ward 5

रौतहट । रौतहटको यमुनामाइ गाउपालिकामा ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप भएको छ । यमुनामाइ गाउँपालिका वडा नं. ५ झुनखुनुवा चोकमा ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप भएको हो । झडपमा परेका २ जनाको अबस्था गम्भीर रहेको छ ।

बुधबार दिउँसो ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप हुँदा १५ जना घाइते भएको सोही गाउँपालिकाका प्रबक्ता नन्दलाल यादबले जानकारी दिए । ग्यास चुल्हो बितरण गर्दा गदै एक समुह आएर ग्यास चुल्हो हामीलाई पनि चाहियो भन्दै वडा नं. ५ का वडाध्यक्ष रहमत आलम राकीको घर भित्रै पसेर आक्रमण गरेको प्रबक्ता यादबले बताएका छन् ।

ग्यास चुल्हो सबैलाइ बाँड्नु पर्ने भन्दै आक्रमण गरेको उनले जानकारी दिएका छन । १३ जना घाइतेहरुको गौरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अबस्थामा रहेका २ जनालाइ भरतपुर पठाइएको प्रबक्ता यादबले बताए । गम्भीर घाइते हुनेहरुमा खुसैद आलम र रबि खातुन रहेक छन् । अहिले घटनास्थलको अबस्था समान्य भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गाउँपालिकालाई धुवा मुक्त बनाउने लक्ष्य

यमुनामाइ गाउपालिकालाइ धुवा मुक्त गाउँपालिका बनाउने उदेश्यले अनुसार ग्यास चुल्हो र सिलिण्डर बाडने कार्यक्रम राखेको प्रबक्ता यादबको भनाइ रहेको छ । आर्थिक बर्ष ०७६/०७७ मा सो गाउँपालिकामा १ हजार ८ सय ७५ सेट ग्यास चुल्हो र सिलिण्डर बाडने योजना गाउँपालिकाको छ ।

गत आर्थिक बर्षको समपुरक बजेटबाट दलित, बिपन्न तथा गरिब परिवारलाई ग्यास चुल्हो र सिलिण्डर बाडने कार्यक्रम अनुसार बितरण गरिएको प्रबक्ता यादबले बताए । प्रबक्ता यादबले दिएको जानकारी अनुसार वडा नं. १ मा ४ सय, वडा नं. २ मा २ सय पचास, वडा नं. ३ मा ४ सय ५०, वडा नं. ४ मा ५ सय र वडा नं. ५ मा २ सय २५ घरपरिवारलाइ ग्यास चुल्हो र सिलिण्डर बाडिने छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 15
National/Online Media

0 Comments