Incident Reports

शव व्यवस्थापनका लागि जाँदै गरेकाे टोलीमाथि गाउँलेको आक्रमण, सात प्रहरी घाइते

2020-07-31

Madhes, Parsa, Birgunj, Ward 13

वीरगञ्ज – पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा सुरक्षाकर्मी र प्रहरीबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा सात प्रहरी घाइते भएका छन्।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न जाँदै गरेकाे सेना र प्रहरीको टोलीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको थियो । सो क्रममा प्रहरीले हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको छ।

वीरगञ्ज – ३१ स्थित जंगलमा शुक्रबार राति कोरोना संक्रमणका कराण मृत्यु भएकाको शव व्यवस्थापन गर्न गएको सेना र प्रहरीको टोलीलाई सयौँको संख्यामा भेला भएका स्थानीय बासिन्दाको समूहले रोक्न खोजेको थियो।

स्थानीय बासिन्दो आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान लिएपछि घटनाले झडपको रुप लिएको हो।

गाउँलेको आक्रमणबाट सातजना प्रहरी सामान्य घाइते भएका पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिए। हवाई फायर र अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पारेपछि मात्रै सेनाले वीरगञ्ज–३१ स्थित मिलन चोकको उतर तर्फ रहेको जङ्गलमा तीनजना कोरोना संक्रमितको शव गाडेको थियो।

यस अघि गत साउन १२ गते पनि सोही जङ्गलमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक जनाको शव व्यवस्थापन गर्न पुगेको सेनाको टोलीलाई गाउँलेले अवरोध गरेका थिए।

दिउँसो गाउँलेले विरोध गरेपछि फर्केको सेनाको टोलीले मध्यरातमा त्यही स्थानमा शव गाडेको थियो। शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भए पनि स्थानीयले अवरोध गर्न थालेपछि प्रहरीले पनि सहयोग गर्दै आएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Other
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments